‘एवाईसी रनिङ्ग सिल्ड’को उपाधि सितगंगा नगरपालिकालाई

३० आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
19 Shares


र्घाखाँची- अर्घाखाँची युवा परिषद सन्धिखर्कको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय एवाईसी रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि भुमिकास्थान नगरपालिकाले जितेको छ ।बेस्ट अफ फाइब भएको फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई ३ —० को सोझो सेटमा पराजित गर्दै सितगंगा नगरपालिकाको टिमले उपाधिमा कब्जा जमाएको हो । यस्तै सन्धिखर्क नगरपालिका द्धितीय र भुमिकास्थान नगरपालिका तृतिय भएका छन् ।प्रतियोगितामा प्रथम सितगंगा नगरपालिकाले ५० हजार, द्धितीय सन्धिखर्कले ३० हजार र तृतिय भुमिकास्थान नगरपालिकाले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रधान गरिएको छ ।प्रतियोगितामा जिल्लाका सन्धिखर्क सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका समुहको सहभागीता रहेको थियो ।जिल्लामा रहेका युवाहरुलाई भलिबल प्रति आर्कषण गर्नको लागि भलिबल खेलको आयोजना गरिएको युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले भने ‘जिल्लालाई खेल क्षेत्रबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि युवाहरुको सक्रियतामा खेल सुरु गरेका छौ ’ । युवाहरुको सक्रियतामा बनेको परिषद्ले खेलकुद सञ्चालन संगै बजार सरसफाई देखी अन्य समाजिक काममा समेत सक्रिय बनेको छ । खेल क्षेत्रमा उल्लेखनीय काम गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए ।खेलमैदानको शौचालय प्रयोग बिहीन-जिल्लाको टुडिखेलमा लाखौ रुपैया खर्च गरेर निमार्ण गरिएको शौचालय प्रयोग गर्न योग्य छैन । सरकारी लगानी बालुबामा पानी खनाए जस्तै भएको खेल प्रेमीहरुको भनाइ छ । जिल्लालाई खुल्ला दिशामुक्त अभियानकोबेला जिल्ला बिकास समितीबाट निर्माण गरिएको शौचालय अहिले बेवारीसे बनेको छ ।

उक्त शौचालयलाई सन्धिखर्क नगरपालिलाइ हस्तान्तरण गर्ने भनेपनि नगरपालिकाले स्वामीत्व लिन नमानेकोे तत्कालिन समयका जिल्ला बिकाश समितीका ना।सु नुमलाल खनाल बताए ।उनी भन्छन् – ‘हामीले निमार्ण गरेका हौँ पछि कर्मचारी राख्ने भन्ने पनि कुरा चल्यो, बिचबिचमा नगरपालिकाले दमकलमा पानी लगेर सफा गर्ने काम पनि गर्यो तर निरन्तरता भएन ।जिबिस पनी समन्वयमा परिणत भयो । हामीहरु स्थानीय तहमा सरुवा भयौ त्यो संरचना यतिकै भयो । ’उक्त स्थानमा निर्माण भएको सौचालयको छतमा रहेका पानी टयाङ्कीहरु फुटेकाछन । त्यसतै शौचालयहरु प्रयोग गर्न नसक्ने अबस्थामा रहेका छन् ।सन्धिखर्कको खुल्ला स्थानमा रहेको शौचालय प्रयोग नहुनु लज्जाको बिषय भएको खेलप्रेम कमल बिष्टले बताए । ‘जिल्लाको टुडिखेलमा लाखै रुपैया खर्च गरेर सार्बजनिक शौचालय निर्माण गरेका भए पनि यसलाई प्रयोग गर्न नस्कनु दु।खको कुरा हो ।’जिल्लाको सदरमुकाममा भएको खेल मैदानमा शौचालय प्रयोगमा नआउँदा खेल खेलाउन गाह्रो भएको अर्घाखाँची क्रिकेट एकेडमीका प्रमुख ऋषिकेश भट्टराईले बताए । ‘खेल खेलउने खेल मैदान सरकारी कार्यालयहरुले ढपक्क ढाकन आटेका छन् । दुईवटा भबन भत्तकाउने हो भने खेल मैदान प्रयाप्त हुन्छ ।यहि खेल मैदानमा भएको शौचालय प्रयोग नभएर ताला लगाएर राख्नुले खेलाडि हरुलाई अत्यान्तै गाह्रो हुन्छ । ’ शौचालय प्रयोगमा ल्याउन पटक पटक प्रयास गरेपनि संरक्षण्को अभाब रहेको सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसालले बताए ।उनले भने – ‘हामिले प्रयोगमा ल्यान प्रयास पनि गरियो तर सकिएन । कहिले ट्याङ्गी फुटालेको छ । कहिले साईफनमा ढुङ्गा राखेर हैरान बनाए । यस्तो भए पछि कसरी गर्न सकिन्छ । टुडिखेललाई संरक्षण गर्ने भनेर तार बार पनि गर्न पर्यो भनेर तार बार गर्ने भनेका छौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया