पूर्वअर्थमन्त्री राणाको निधन

३० आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
2 Shares


काठमाडौं- पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

लामो समयदेखि मुटु रोगबाट पीडित राणा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए । व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया