सदरमुकाम बन्द

प्रकाशित मिति:

काठमाडौं – बुद्ध एयरको जनकपुरस्थित काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार तेस्रो दिन राजपाले सर्लाही सदरमुकाम मलंगवाका बजार बन्द गराएको छ।

प्रदर्शनकारीले यातायात समेत ठप्प बनाएका छन् ।
पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदर्शनकारीले बिहानैदेखि बजार बन्द गराउनका साथै सवारी साधनलाई चल्न दिएको छैन् । आफ्ना सांसदको रिहाईको माग गर्दै नेता कार्यकर्ताले नाराबाजी गर्दै बजार बन्द गराएका छन् ।