दीप बोर्डिङमा लाखे नाँच प्रदर्शन

प्रकाशित मिति:

बुटवल—८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा बिहिबार लाखे नाँच प्रदर्शन गरिएको छ । नेवाः वरजू पुँचः वामी टक्सार गुल्मीको समूहले नाँच प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुलाई नेपाली कला संस्कृतिको बारेमा व्यवहारिक ज्ञान दिने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो । कार्यक्रममा कलाकारहरुले लाखे नाँचसगै अन्य सांस्कृतिक कलाहरु प्रस्तुत गरेका र यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिईने उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख सुरेन्द्र कुमार शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता थियो ।