विप्लवका पक्राउ पर्ने २१ नेता कार्यकर्ता (नामसहित)

प्रकाशित मिति:

काठमाडौं – दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोला नजिकै जंगलमा प्रहरी अपरेसनमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा २१ नेता कार्यकताको नाम खुलेको छ । बैठक भइरहेको सुचना पाएपछि प्रहरीले बैठक स्थल कब्जा गरेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु
१ केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२ चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्यपश्चिम कमाण्ड ईन्चार्ज
३ रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४ सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज
६ प्रदीप वली – जिल्ला सेक्रेटरी
७ बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८ सुनिल पौडेल– वुद्धिजिवी
९ एकराज चौधरी– एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१० धनबहादुर बोहोरा (महान)– एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११ तिलक पुन– पूर्व जनमुक्ति सेना
१२ सुरज विक– दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३ हितप्रसाद रोका– पार्टी सदस्य
१४ पोष्टमान घर्ती– रोल्पा जिल्ला
१५ दल बहादुर घर्ती
१६ अमित घर्ती मगर
१७ बालकृष्ण शर्मा
१८ जीत क्षेत्री
१९ रमेश आचार्य – सल्यान जिल्ला इन्चार्ज
२० कुल बहादुर वली
२१ विष्णु थापा

यो अपरेसनमा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी पनि पक्राउ परेको जानकारी आएको छ । तर, प्रहरीले पक्राउ परेको सूचीमा उनको नाम राखेको छैन । सुवेदी सत्तारुढ नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन् ।