विवाह नगर्नेलाई सरकारले अविवाहित भत्ता दिने

प्रकाशित मिति:

काठमाडौं – दिपायल सिलगढी नगरपालि डोटीले अविवाहित भत्ता दिने निर्णय गरेको छ । पचास वर्षसम्म बिहे नगरी एक्लै जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिन लागेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६, ०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको हो । ५ औँ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ । जसमा पचास वर्षसम्म बिहे नगरी एक्लै जीवन बिताई रहेका महिलाहरुलाई जबसम्म कुनै वैकल्पिक व्यवस्था हुँदैन तब सम्म उनिहरुलाई सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने भएको छ ।

महिलाहरुलाई सीपमुलक तालिन दिई आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले ल्याएको छ । त्यसका लागि नगरपालिका भित्र पचास बर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ । सो कार्यक्रम मंसिरदेखि सुरु गरिने भएको छ । त्यसको लागि कार्य विधि तयार गर्ने काम शुरु गरिएको छ । -जनबोली बाट