त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

३० आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9 Shares


काठमाडौं– विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन् । भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो ।

गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो । सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ । सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताए । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्री राम जनकी शिव मन्दिर ,सम्झना परिवार क्लब र नारी…
  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ