राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता, सम्मान गारथ दिइयो

प्रकाशित मिति:

काठमाडौं  – पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई म्यानमार सरकारले सम्मान गारथ अर्पण गरेको छ । राष्ट्रपति भण्डारीलाई म्यान्मारको नेपिटस्थित राष्ट्रपति भवनमा म्यान्मारको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको हो । यसैबीच, राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच राष्ट्रपतीय भवनमा भेटवार्ता समेत भएको छ । यस्तै, राष्ट्रपति भण्डारीले भवनमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । यसैबीच, राष्ट्रपति भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच बिहीबार दुईपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

म्यान्मारको राजधानी रहेको राष्ट्रपतीय भवनमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच दुई ओटा समझदारी पत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको थियो । म्यानमार भ्रमणमा राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी पनि छन् ।