बुटवल लन टेनिस क्लवद्धारा राष्ट्रिय स्तरको लन टेनिस प्रयोगितामा सहभागि खेलाडि र प्रशिक्षकलाई सम्मान

प्रकाशित मिति:

बुटवल लन टेनिस क्लवले बुटवलबाट राष्ट्रिय स्तरको लन टेनिक प्रयोगितामा सहभागि खेलाडि तथा प्रशिक्षकलाई सम्मान गरेको छ । बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि २० जना खेलाडिहरुलाई सम्मान गरेको हो ।
काठमाडौमा रहेको लिटिल एन्जल्स स्कुलमा भएको ११ औ अन्तर विद्यालय राष्ट्रिय लन टेनिस प्रतियोगितामा सहभागि भई मेडल प्राप्त गर्ने खेलाडिहरु पनि सम्मानीत भएका हुन् । लन टेनिक क्लवका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री शुर्दशन वलालले खोलाडिहरुलाई खादा ओठाएर सम्मान गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै मन्त्री बलालले खेल क्षेत्रको विकास का लागि आफुहरु सबैसंग सहकार्य गरेर अघि बढ्न तयार हरेको बताउनु भयो । उहांले कुलतमा फसेका युवाहरुलाई खेलको माध्यबाट नै सहि वाटोमा ल्याउन सकिने विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा अध्यक्ष ज्ञावालीले निजि लगानीमा बुटवलमा लन टेनिसको विकास लागि कार्यक्रम गरिरहेको भन्दै सरकार तथा अन्य सरोकारवाला निकायले पनि यसको विकासका लागि ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमा खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ,वालकृष्ण अर्याल लगायतले बोल्नु भएको थियो ।सो अवसरमा राष्ट्रिय स्तरको अण्डर ८ समुह तर्फ प्रथम हुने बृजेश अर्याल, सोहि समुहको दोस्रो हुने यमन राना तथा सोहि समुहको तेस्रो हुने योगेश ज्ञवालीलाई नगद सहित सम्मान गरिएको थियो । साथै अण्डर १० समुहबाट तेस्रो स्थानमा आउन सफल रितेश ज्ञवालीललाई पनि नगद सहित सम्मान गरिएको थियो । सोहि अवसरमा खेलाडिहरुलाई प्रशिक्षण गर्ने प्रशिक्षक विकास खड्कालाई पनि नगद २० हजार रुपैया सहित सम्मान गरिएको थियो ।