रोशनीको डेरामा गएको महराद्धारा स्वीकार, अब के हुन्छ ?

प्रकाशित मिति:

काठमाडौं – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अझै औपचारिक रुपमा बयान लिएको छैन । गत १९ असोजमा पक्राउ परेका महरालाई गत मंगलवार अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो । पक्राउ परेको ११ दिन बितिसक्दापनि महराको औपचारिक बयान अझै शुरु भएको छैन । प्रहरीले भने महरा बिरामी परेका कारण वयान लिर्न नसकिएको बताएको छ । अदालतले अनुसन्धानको लागि प्रहरीलाई दिएकोे म्याद सकिन अब एक दिनमात्र बाँकी छ । तर, काठमाडौं प्रहरीले उनको बयान भने नसकिएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार महराले रोशनी शाहीको कोठामा गएकोे प्रारम्भिक सोधपुछका क्रममा स्वीकार गरेपनि सम्पूर्ण बयान भने सकिएको छैन । ‘हामीले सामान्य सोधपुछ गरेका छौ, रोशनी भेट्न गएको हो भनेर स्वीकार गर्नुभएको छ । बाँकी बिरामीका कारण सोधपुछकै क्रममा छौं,’ प्रहरी स्रोतले भन्यो । महरालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थुनामै राखेर अनुसन्धान गर्न भन्दै १३ दिनको समय दिएको थियो । महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । –  न्युजअफनेपाल