उत्तरपूर्वी सिरियाबाट तीन लाख विस्थापित

३० आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
4 Shares


एजेन्सी –टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताए ।बाध्य भएर विस्थापित हुने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने पनि उनले जानकारी दिए ।

“विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरू बगैँचामा सुतिरहेका छन्,” अब्देल रहमानले भने।विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका छन् । कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ तारिखदेखि हमला सुरु गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया