एनआरएनए निर्वाचन : ४० प्रतिशत मतगणना सकिदा कुमार पन्त अगाडि

प्रकाशित मिति:

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को ४० प्रतिशत मतगणना सकिएको छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन ।बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।जारी मतगणनामा कुमार पन्तले अग्रता बनाएका छन् ।

एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको छ ।निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । मतगणना सकिएपछि आगामी २ वर्षका लागि यी पदहरूको पूर्ति हुनेछ ।