एनआरएनए मतगणना सकियो : केही वेरमा सार्वजनीक गरीने

प्रकाशित मिति:

काठमाडौँ – गैरआवासीय नेपाली संघ एनआरएनए को नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको कार्य सकिएको छ । बिहीबार अबेर राति सुरु भएको मतगणनाको कार्य सकिएसँगै अब नतिजा सार्वजनिक गर्नका लागि तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।केहीबेरमा नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । एनआरएनएको निर्वाचनमा कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनाबी मैदानमा छन् । २३४१ मत खसेको थियो ।