दालचीनीका फाईदै फाईदा

प्रकाशित मिति:

दालचीनी प्रायको भान्सामा दैनिक प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ठ बनाउन प्रयोग गरिने यो मसला स्वास्थ्यका दृष्टिकोणले पनि निकै उपयोगी मानिन्छ । यसलाई दुधमा मिसाएर रातीको समयमा सेवन गर्नाले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ ।

यदि तपाईलाई रातीको समयमा निद्रा नलाग्ने समस्या छ भने दालचीनीलाई दुधमा मिसाएर खानाले फाइदा पुग्छ । दालचीनीमा पाइने अमीनो एसिडले मानिसको दिमागलाई शान्त राख्न मद्दत गर्छ । यसले निद्रा सम्बन्धी समस्या समाधान हुन्छ । तातो दुधले शरीको थकानलाई तनावलाई हटाउँछ । यसले हाम्रो मांसपेशिहरु तथा नसाहरुलाई पनि आराम गर्न सघाउँछ । साथै मानसिक शान्ति पनि प्रदान गर्छ । दुध र दालचीनीको सेवनले दिमागलाई चुस्त राख्न तथा सकारात्मक सोच बनाउन मद्दत गर्छ । यसको सेवनले टाउको दुख्ने समस्यामा पनि राहत मिल्छ ।

छाला तथा कपालका लागि पनि फाइदाजनक

दालचीनी र दुध पीउनाले छालासम्बन्धी लगभग सबै किसिमका समस्या समाधान हुन्छन् । यसमा पाइने एन्टी ब्याक्ट्रीयल गुणले हाम्रो छालालाई रोग तथा एलर्जीबाट सुरक्षित राख्न मद्दत गर्छ । दुध र दालचीनीको सेवनले कपालसम्बन्धी समस्या पनि कम गराउँछ । कपालको समस्या समाधानका लागि दालचीनीलाई दुध बाहेक महसँग सेवन गर्नाले पनि फाईदा पुग्छ । यसले स्मरण शक्ति बढाउन पनि सहयोग गर्छ ।

पिडाबाट मुक्त गराउँछ

शारीरिक व्यायामका बेला नशा तानिएर वा अन्य कारणले हुने पिडामा दालचीनीलाई दुधमा मिसाएर खानाले पिडा कम गराउँछ । एक कम तातो दुधमा आधा चम्चा दालचीनीको धुलो मिसाएर खालाले लाभ पुग्छ । यसमा मिठो स्वादका लागि महको प्रयोग गर्न सकिन्छ । यसले शरीरमा रक्तसञ्चारलाई नियमित बनाउन तथा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग पु¥याउछ ।

मधुमेहबाट बचाउँछ

दालचीनीलाई गरीबको इन्सुलिन पनि भन्ने गरिन्छ । यसले शरीरमा रक्त सञ्चारलाई नियन्त्रणमा राख्छ । मधुमेह सम्बन्धी समस्या नभएका मानिसहरु पनि यसको सेवनले मधुमेह लाग्नबाट बच्न सक्छन् । कहियाँै अध्ययन अनुसार दालचीनीमा यस्ता तत्वहरु रहेका हुन्छन्, जसले ब्लड शुगरलाई नियन्त्रण गर्छन् । विशेषगरी टाइप–२ मधुमेहका रोगीका लागि यो निकै उपयोगी हुन्छ ।

हड्डी बलियो बनाउँछ

दालचीनीमा फाईबर, क्याल्शियम तथा म्यागनीज लगायतका खनिज तत्वहरु पाइन्छन् । यी तत्वहरुले शरीरलाई बलियो बनाउन सहयोग गर्छन् । विशेषज्ञहरुका अनुसार ह्डडी बलियो बनाउनका लागि मानिसहरु वर्षौँ देखि दालचीनी र दुधको सेवन गर्ने गर्छन् । यसको नियमित सेवनले गाठा, गुठीको समस्या पनि निको हुन्छ ।

दालचीनीको अत्यधिक सेवनले भने कलेजोमा समस्या ल्याउन सक्छ ।
स्रोत : विभिन्न अनलाईनवाट