जनहित कला केन्द्रले पाँचौ बार्षिकोत्सव तथा सातौ तिहार मेला मनाउने ।

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ – बागलुङको मल्ममा रहेको जनहित कला केन्द्रले आफ्नो पाँचौ बार्षिकउत्सव तथा सातौ तिहार मेला विविध कार्यक्रम गरि मनाउने भएको छ । आँउदो कार्तिक ६ देखि ९ गतेसम्म सञ्चालन हुन लागिरहेको कार्यक्रममा वडास्तरीय पुरुष भलिवल प्रतियोगिता,एकल नृत्य प्रतियोगिता,पुरुष रस्सा कस्सी प्रतियोगिता,तिहारे भाइमाला उन्ने,साथमा नौमति बाजा,सोरठी भैलो बहुचर्चित कलाकारहरु सास्कृतिक प्रस्तुति लगायत कार्यक्रमका आकर्षण रहने छन ।

जनहित कला केन्द्र उपसमिति बैदेशिक विभाग व्यवस्थापन तथा संचार समितिका सदस्य खिमकाजी थापाले जानकारी दिए । साथै २०७० साल देखि निरन्तर रुपमा साँस्कृतिक तथा खेलकुद लगायतका सामाजिक रुपमा जनहित कला केन्द्र सक्रिय रहदै आएको संचार समिति सदस्य थापाले जानकारी दिए ।