अमेरिकी नेतृत्वको गठबन्धनमा जापान सहभागी नहुने

प्रकाशित मिति:

मध्यपूर्वी क्षेत्रको सुरक्षाका लागि बनाएको अमेरिकी नेतृत्वको गठबन्धनमा जापान सहभागी नहुने भएको छ । खाडी क्षेत्रमा जलमार्गको सुरक्षाका लागि अमेरिकी नेतएत्वको गठबन्धनमा आफ्नो सहभागित नहुने जापानले बताएको छ । तर, जापानले तेल-उत्पादन क्षेत्रमा आफ्नो पानीजहाजको सुरक्षाका लागि अलगै जल तथा वायु सेनाको टोली खटाउने भएको छ । जापानका क्याबिनेट प्रमुख योशीहीड सुगाले सञ्‍चारकर्मीसँगको कुराकानीमा भने, “हामी अमेरिकी नेतृत्वमा सहभागी हुँदैनौं । तर, नजिकबाट सहकार्य गर्ने छ ।

जापानी जहाजहरुलाई जापानी सेल्फ डिफेन्स फोर्स (आत्म रक्षा बल) ले सुरक्षाको ग्यारेन्टी गर्नेछ ।”यद्पि जापान अमेरिकाको नजिकको साझेदार मुलुक हो । जापानले इरानसँगको कुटनीतिक तथा आर्थिक सम्बन्धलाई व्यवस्थापन गर्न अमेरिकी गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हुनसक्ने बताइएको छ । जापानले दुई मुलुकबीचको द्वन्द्व कम गर्न मध्यस्थताको भूमिका खेल्नेसक्ने समेत बताएको छ । इरानले भने अमेरिकी नेतृत्वको गठबन्धनको विरोध गरिरहेको छ । इरानले खाडी क्षेत्रको सुरक्षा खाडी मुलुकहरु गर्न सक्षम भएको समेत बताएको छ । जापानले पठाउने नौसेना तथा वायुसेनाको टोलीले ओमान, उत्तरी अरेबियन र अन्य क्षेत्रको जलमार्गमा सुरक्षा प्रखान गर्ने जापान सरकारका प्रमुख प्रवक्ताले बताएका छन् । – रोयटर्स