दुई बालिकामाथि यौनशोषण गर्ने शिक्षक पक्राउ

१ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Symbolic

जनकपुर –  धनुषाको मिथिला नगरपालिकामा एक निजी विद्यालयका शिक्षकले यौनशोषण गरेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ । ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका दुई नाबालिकालाई केही समयदेखि पटक–पटक करणी गर्दै आएका शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दाहाल झापाको मेची नगरपालिका–३ निवासी हुन् ।

पीडित बालिकामध्ये एउटी ७ वर्षीया र अर्की ९ वर्षीया छन् ।घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । ढल्केवर बोर्डिङ स्कुलमै बस्दै आएका टेकेन्द्रले सामाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दसैँ अघिदेखि नै बिदाको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेका ती बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको जनाइएको छ । कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका कारण पीडित दुवै बालिकाले डरको कारण घटना सार्वजनिक गरेका थिएनन् । प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुवै बालिका र आरोपी शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । टेकेन्द्रमाथि जबरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जनाए । – रातोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक