ताइवानमा कुकुरका आकारमा पाइने अनौठो आइसक्रिम

प्रकाशित मिति:

एजेन्सी – मिठो मानेर खाइने आइसक्रिम विभिन्न स्वाद र रङका हुन्छन् । तर ताइवानको जेसीको आर्ट किचनमा कुकुर आकारका अनौठा आइसक्रिम पाइन्छन् ।ताइवानको काओसिउंगस्थित जेसीको आर्ट किचनमा कुकुर आकारका अनौठा आइसक्रिम बनाइन्छ । आफ्नो अनौठो पनका कारण अहिले यो आइसक्रिम निकै लोकप्रिय बनेको छ ।

यी आइसक्रिम यति धेरै सावधानीपूर्वक बनाइन्छ कि कुकुरको आकार अलिकति पनि बिग्रिँदैन । यस क्याफेमा प्रतिगोटा ४ सयदेखि ७ सय रुपैयाँ पर्ने यो आइसक्रिमको स्वाद लिन ठूलो संख्यामा ग्राहक पुग्ने गरेका छन् ।विभिन्न ३ खाले स्वादमा पाइने यस आइसक्रिममा मिल्क टी, पिनट तथा चकलेट फ्लेवर रहेका छन् । यो क्याफेमा आउने ग्राहकले अनौठो आइसक्रिमको स्वाद त लिन्छन् नै आइसक्रिमसँगै फोटो खिच्न पनि बिर्सिँदैनन् । सोसल मिडियामा लोकप्रिय भएसँगै यसको माग समेत बढेको छ ।