पगेनीकाे माैलिक तीज गीत सुन दाजुभाई – भिडियाे सहित

प्रकाशित मिति:

बुटवल , हिन्दु नेपाली नारीहरूकाे महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा भिन्न भिन्न प्रकृतिका गीतहरूले यतिबेला तीजकाे राैनक थपेका छन । पछिल्लो समयमा तीजकाे अवसर पारेर गाइने भाकामा माैलिकता मेटिदै गएकाे हाेकि भन्ने चर्चा चलिरहेको अवस्थामा गायिका शारदा पगेनीकाे निकै माैलिक तीज गीत सुन दाजुभाई बजारमा अाएकाे छ ।

२०७३ सालमा परदेश मुग्लान बाेलकाे गीतबाट अाैपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकि पगेनीले गत वर्षको तीजमा माइती देशमा नामकाे गीत बजारमा ल्याएकि थिइन् । घर अनि जागिरे जिबनकाे ब्यस्तता लाई समायोजन गर्दै अाएकी पगेनीकाे केही महिना पहिला मात्र मायाले जाेबन दिएन बाेलकाे गीत सार्वजनिक गरेकि थिइन । यीनै गीत हरूकाे सफलता पछि पगेनीले याे वर्षको तीजलाई लक्षित गरि सुन दाजुभाई बजारमा ल्याएकि हुन ।

गीतमा विवाह भएर अाफ्नाे कर्म घर जान लागेकी चेलिले अाफ्ना दाजुभाइलाई बाबा अामा लाई दुख नदिनु भन्दै सधै माया ममता दिन अाग्रह गरेकि छन भने दाजुभाइले पनि अाफ्ना माता पितालाई दुख नदिने भन्दै दिदिलाई माता पिताकाे निकै माया लाग्छ चिन्ता नलिन अाग्रह गरेकाे भावमा गीत तयार भएको छ । गीतमा दाजुभाईकाे तर्फबाट भनिएको छ – हाम्रा पनि बा अामा हुन नगर्नु है पिर, समाजमा कैले पनि झुकाउदैनाै शिर, सुन सुन दिदी.. बा अामाकाे माया लाग्छ मलाई जातिविधी. भने दिदिकाे तर्फबाट – म त छाेरि पराइकाे घर जानू पर्ने, बा अामालाई दाजुभाइले हाेकि हेला गर्ने सुन दाजुभाई.. कैले हेला नगरे बाबा अामालाई. भनिएको छ ।

माैलिक कथावस्तुलाई तयार पारेर बनाइएको गीतमा शब्द लय एकनारायण भण्डारीकाे रहेको छ भने अाबाज खुमन अधिकारी र शारदा पगेनीकाे छ । अहिलेका चर्चित हास्य कलाकार सुरविर पण्डित, रमा थपलिया तथा सुमन परियार र सुप्रिया पगेनीको अभिनय रहेको छ । उमंग म्युजिक प्रा.ली. ले बजार ब्यवस्थापन गरेको गीतमा निर्देशन स्मृति तिमिल्सना, छायांकन करन चैसिर र सम्पादन शिव पौडेलको रहेको छ ।

भिडियाे हेर्नुहाेस –