नेपालको सम्बिधानमा मुस्लिम समुदाय को हक र अधिकार सुनिस्चित गरिएको छ : मन्त्रि बराल

प्रकाशित मिति:

इमरान खान /रुपन्देही-रुपन्देहीको मर्चवार स्थित कोटहीमाई गाउपालिका ७ भंगाहिया मदरसा मदिनतुल इस्लाम अल सल्फीया को चार कोठे भवनको उद्घाटन गरिएको छ।४० लाख बजेटमा निर्माण भएको उक्त भवनको एक कार्यक्रम का बीच प्रदेश नं।५ समाजिक विकास मन्त्री सुर्दशन बराल ले उद्घाटन  हुन्।भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बरालले मुस्लिम मदरसाको हकहितको लागि प्रदेश स्तरिय मदरसा बोर्ड गठन गरिएको छ।र नेपालको सम्बिधानमा पनि मुस्लिम समुदाय को पनि हक र अधिकार सुनिस्चित गरिएको छ।मुस्लिम समुदाय लाई पनि कुनै किसिमको विभेद न गरिकन शिक्षा क्षेत्रमा नेकपाको सरकार सदैव लागि परेको बताउनु भयो।

त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य विधायक वसिउद्दिन खाँ ले मर्चवार क्षेत्रको विकासमा राजनीतिक दल,स्थानीय सरोकार वाला र प्रदेश सरकार गम्भीर पुर्वक लाग्नुपर्ने बताए।यश क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधि हरु सांसद १ प्रदेश सभा सदस्य २ र ३ स्थानीय सरकार प्रमुख रहेको पस क्षेत्रमा हाल विकासको अनुभूति गर्न पाईएको बताए।र शिक्षा क्षेत्रमा हाम्रो पहिलो प्राथ्मिकता रहेको बताउनु भयो।कार्यक्रम समाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख अतिथ्यतामा भएको हो।मदसा व्यवस्थापन समिति अध्यक्ष हाजी अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथि प्रदेश सभा सदस्य विधायक वसिउद्दिन खाँ,पुर्व राज्य मन्त्री ओम प्रकाश यादव गुल्जारी नेकपा पार्टी प्रदेश नं।५ कमिटी सदस्य बाबुलाल यादव,कोटहीमाई गाउपालिका अध्यक्ष चन्द्र भूषण यादव,मर्चवारी गाउपालिका अध्यक्ष केशव नन्द बनिया,सम्मरीमाई नेकपा गाउपालिका कमिटी कमिटी अध्यक्ष सहाबुद्दिन देवान,क्षेत्र नं।४ नेकपा संयोजक गुलामअलि,मुस्लिम खाँ,लगाएत ले मदरसा लाई शुभकामना दिदै मदरसाको हकहित को लागि बोल्नु भएको थियोे।कार्यक्रम संञ्चालन तबरेज अहमद ले गर्नु भएको थिए भने स्वागत मन्तव्य मदरसा मदिनतुल इस्लाम अल सल्फिया भंगहिया का प्राध्यापक सलाहुद्दिन खाँ ले गर्नु भएको थियो ।