मलेसियामा मृत्यु भएका डोलबाहादुर लुम्रेको शब नेपाल ल्याई परिवारको जिम्मामा

प्रकाशित मिति:

सुदिप गौतम – बुटवल/ पछिल्लो समयमा बैदेशिक रोजगारिले रेमिटान्स मात्र नभई सहन नसकिने पिडा पनि भित्रिरहेको छ ।कुन समयमा के हुने हो थाह हुदैन, धेरैलाई जादा राम्ररि गएनी आउदा बाकसमा पोको भएर आईन्छ की भन्ने डरले पिरोलिएको हुन्छ । यो समस्या अहिले दिनानुदिन बढिरहेको छ । यसै क्रममा मलेसियामा केहि साता अघि मृत्यु भएका डोलबहादुर लुम्रेको शब नेपाल पठाई आफन्तको जिम्मा लगाईएको छ ।ईलामका डोलबहादुरको बिरामीका कारण गत हप्ता मृत्यु भएको थियो । तत्कालै अस्पताल पुर्याईएपनि बचाउन नसकिएको बुलान चन्द्र ले जानकारी दिए ।

मानबता अन्त्य नभएको प्रमाणीत गरे बुलान चन्द्रले

 

बुलान चन्द्र

पराईको भूमिमा मृत्युबरण त्यसमाथि पनि शब पठाउन बिभिन्न कानुनि जटीलताका कारण कतिपय व्यक्तिहरुको शव पठाउन निकै गाह्रो अवस्था हुने गर्दछ ।तर डोलबहादुर लुम्रेको शव जसरी भएपनि नेपाल पठाईदिने डोलबहादुरका परिवारमा बाचा गरेका थिए ।सोहि अनुरुम सम्पूर्ण प्रकिया मिलाएर उनले शब नेपाल पठाउने बातावरण मिलाए । त्यहा रहेका अन्य नेपालीहरुले पनि उनलाई सहयोग गरे ।सोहि अनुरुप डोलबहादुरको शब नेपाल पठाई एउटा मानबताको धर्मभुलेनन् ।

९८ हजार सहयोग रकम :उनले त्यहा रह्रेका नेपाली र अन्य ब्याक्तिहरुको सहयोगमा मृतकका परिवारहरुलाई कम्पनिको नामबाट आई एम ई मार्फत रकम हस्तानतरण गरेका छन । उनको त्यो सहयोगी मनलाई हाम्रो तर्फबाट उच्च सम्मान छ ।