सचीवमा निर्वाचीत भएपछी गौरी जोशीले दिए सवैलाई धन्यावाद

प्रकाशित मिति:

गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अग्रज तथा सम्मेलनमा सहभागी हुन आउनु भएका प्रतिनिधि मित्रहरू, स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइ,शुभचिन्तक,शुभेच्छुकहरू तथा पत्रकार मित्रहरू गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट मलाई सचिव पदमा आआफ्नो स्थानबाट सहयोग गर्नुभएको यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। विदेशमा बस्ने नेपालीहरूको मनोभावना र एकताबद्ध हुदै मातृ भुमिका लागि पनि हामीले केही गर्नेपर्छ भन्ने उद्देश्यले खुलेको एनआरएनमा स्थापना कालदेखि यसै अभियानमा लागि विभिन्न पदमा रहेर एनआरएन अभियानलाई योगदान गर्दै आज यस स्थानमा आइपुगेको छु। यस संस्थालाई अझ फराकिलो तवरले सबैको साझ संस्था बनाउने चाहना र जिम्मेवारी मेरो काधमा छ।

मलाई हृदयदेखि सधैं भोक,प्यास,निद्रा नभनी तपाईंहरूको महत्त्वपूर्ण समय र अमूल्य मत दिनुभएको तपाइँहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो नतिजाको सम्पूर्ण श्रेय यहाँहरुलाई अर्थात वास्तविक बधाईको हकदार पनि तपाईँहरु नै हुनुहुन्छ। हजुरहरू आ आफ्नो ठाउँबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने शुभेच्छुकप्रति पनि कृतज्ञ छु । साथै निर्वाचन समिति,सचिवालय मित्रहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। लमजुङको चिति जन्मिएर चितवन हुदै २३ वर्षदेखि अमेरिकामा बस्दै आएको छु। म सधै निरन्तर विदेशमा हुनुभएका साथिभाईको साथमा रहनेछु। मातृभूमि नेपालमा पनि समृद्ध राष्ट्र बनाउन म प्रयासरत हुनेछु। जय एनआरएन