महीला उपाध्यक्षमा निर्वाचीत भए पछी रविनाले दिईन् धन्यवाद

प्रकाशित मिति:

आदरणीय एनआरएन अग्रज तथा प्रतिनिधि मित्रहरु, स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइ । गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट मलाई महिला उपाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै अन्य सबै निर्वाचित मित्रहरुलाई बधाई समेत व्यक्त गर्दछ ।विभिन्न पदमा रहेर यस एनआरएन महान अभियानलाई योगदान गर्ने उत्कट चाहनासहित उम्मेदवारी दिनुभएका अन्य मित्रहरुप्रति पनि मेरो हार्दिक सम्मान छ । निर्वाचन एउटा प्रक्रिया मात्रै हो काम हामी सबै मिलेर गर्ने हो तसर्थ भोलिका दिनमा तपाईहरुको साथ र समर्थन मलाई अवश्य चाहिन्छ र त्यो प्राप्त हुनेमा म विश्वस्त पनि छु । किनकी यहाँहरुलाई अवगत नै छ, कि “म, मा होइन, हामीमा” ठूलो शक्ति हुन्छ र मैले मान्ने सिद्धान्त पनि यही हो । तपाईहरुले दिनुभएको जिम्मेवारी म सहृदय र पूर्ण बफादार रही पूरा गर्नेछु । आफ्नो व्यक्तिगत कामलाई थाती राखी, दसैँ तिहार जस्ता ठूला चाडमा परिवारको बीचमा समेत नबसी यहाँ आउनुभयो, भोक, प्यास, निद्रा नभनी साथ र समर्थन गर्नुभयो यसप्रति म नतमष्तक छु । यो मेरो मात्रै होइन मलाई विश्वास गर्ने तपाई सबैको जित हो । मलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुने र मेरो परिवार दाजु योगेन्द क्षेत्री, श्रीमान् नारायन थापा सम्पूर्ण शुभेच्छुकप्रति पनि आभारी छु । साथै, अहोरात्र खट्ने निर्वाचन समिति, सचिवालय तथा सञ्चारकर्मी मित्रहरुलाई पनि विशेष धन्यवाद । रबिना थापा  महिला उपाध्यक्ष, गैरआवासीय नेपाली संघ ।