अध्यक्षमा निर्वाचीत भएपछी कुमार पन्तले दिए सवैलाई धन्यवाद

प्रकाशित मिति:

आदरणीय एनआरएन अग्रज तथा प्रतिनिधि मित्रहरु, स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइ । गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट मलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै सबै विजेतालाई बधाई । विभिन्न पदमा रहेर यस एनआरएन अभियानलाई योगदान गर्ने उत्कट चाहनासहित उम्मेदवारी दिनुभएका अन्य मित्रहरुप्रति पनि मेरो हार्दिक सम्मान छ । आफ्नो व्यक्तिगत काम नभनी, दसैँ तिहार जस्ता ठूला चाडको बीचमा परिवार समेत नभनी मतदानका लागि यहाँ आउनुभयो । भोक, प्यास, निद्रा नभनी यहाँहरुको महत्त्वपूर्ण समय र अमूल्य मत दिनुभयो । यहाँहरु सम्पूर्णलाई हृदयदेखि धन्यवाद । यो नतिजाको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । तसर्थ वास्तविक बधाईको हकदार पनि तपाईँहरु नै हुनुहुन्छ । मतदानमै आउन नपाए पनि आ–आफ्नो ठाउँबाट प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने शुभेच्छुकप्रति पनि कृतज्ञ छु । साथै, निर्वाचन समिति, सचिवालय तथा सञ्चारकर्मी मित्रहरुलाई पनि विशेष धन्यवाद ।