कांग्रेस सभापति देउवा भने :आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गर्न सघाउछौ

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् । कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै उनले भने, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमिा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।  आलमको मुद्दामा पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने उनले बताए । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ देउवाले भनेका छन् ।