समाजसेवी कक्षपतिको निधन

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
13 Shares


तिलोत्तमा-कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता एवं समाजसेवी जनकलाल कक्षपतिको ७० वर्षको उमेरमा निधन भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगर निबासी कक्षपतिको ७० वर्षको उमेरमा निधन भएको हो । मृगौला रोगबाट पीडित कक्षपतिको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको निधनको शोकमा शंकरनगर स्थित झिंगु नेवा पुचमा शनिबार शोकसभा आयोजना गरिएको छ । शोकसभामै सहभागी नेकपाका नेताहरुले पार्टीको झण्डा ओढाएर स्वर्गीय कक्षपतिप्रति श्रदान्जली व्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय इन्चार्ज गोपाल भट्टराई, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, नेता सुरेन्द्र बर्मालगायतले स्वर्गीय कक्षपतिले राजनीति र सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको भन्दै उनको निधनले पार्टीलाई ठूलो क्षति पु¥याएको बताएका थिए ।गुल्मीको बलेटक्सारमा जन्मिएर रुपन्देहीको शंकरनगरलाई आफ्नो कर्म क्षेत्र बनाएका कक्षपति राजनीतिका साथै विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए । शंकरनगर क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने काममा समेत उनले महत्वपूर्ण योगदान पु¥याएका थिए । स्वर्गीय कक्षपति नेवाः पुच संघको संस्थापक अध्यक्ष समेत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया