सरावलमा एक ब्यक्ति माथि अज्ञात समुहद्धारा आक्रमण, ३ जना शंकास्पद ब्यक्ति प्रहरी नियन्त्रणमा

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
9 Shares


 नलपरासी-पश्चिम नलपरासीमा एक ब्यक्ति माथि अज्ञात समुहले आक्रमण गरेका छन । अज्ञात पक्षले शुक्रबार राति धारिलो हतियार प्रहार गर्दा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर बस्ने बर्ष ४५ का मंगरु हरिजन घाइते भएका छन् । घाइते हरिजनको उपचार युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा भइरहेको छ । शुक्रबार राति करिब पौने १० बजेको समयमा हरिजनले आफ्नै घरको आगनमा सुतिरहेको अज्ञात ब्यक्तिको हतियार प्रहारबाट हरिजनको घाटिमा चोट लागेको सरावल गाउँपालिका ४ का वडा अध्यक्ष छोटेलाल यादवले जानकारी दिनुभएको हो । आक्रमण कसले र किन र्गयो भन्ने विषयमा अझै सम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान थालिएको प्रहरी चौकि गोबरहियाका इन्चरार्ज सिबि ओलिले जानकारी दिनुभएको छ । घटनामा संलग्न जो कोहीलाई हदै सम्मको कार्यवाही गरिने बताउदै जिल्ला प्रहरी कार्यालय नवलपरासीका इन्सिपेक्टर महेश्वर उपाध्यायले घटनामा शंकास्पद मानिने ३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धानमा थालेको र अपराधिलाई कुनै पनि हालतमा उम्किन नदिने समेत बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा