डोटीमा बस दुर्घटना:११ जना घाइतेचारको अवस्था गम्भीर

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
5 Shares


डोटी- डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए ।उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्‍याइएको छ । दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । खबरहब बाट साभार 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा