लक्ष्मि नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


रामु भुसाल-वर्दघाट/ लक्ष्मि नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरावल १ बासाबसहीको १० औं वार्षिक साधारणसभा शनिबार बसन्तपुर मा।वि। बासाबसहीको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता एवं प्रदेश नम्बर ५ का प्रदेश सदस्य भगवती भण्डारीको प्रमुख आतिथ्यता तथा नेप्सकुन कार्यसंचालक समितीका केन्द्रिय सदस्य कृष्ण नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सहकारीहरुले बैंकमा जम्मा गरेर आउने व्याज रकमले संस्था सक्षम नहुने र सहकारीमा जम्मा भएको रकम शेयर सदस्यहरुको उत्पादनशिल कार्यमा लगाउदा संस्था साथै सदस्यहरु आत्म निर्भर र स्वालम्बन हुने बताउनुभयो ।

साथै उहाले संस्थाले महिलाहरुको हितको लागि आयमुलक सिप र तालिमका लागि लगानी अगाडी बढाएको प्रति संस्थालाई धन्यबाद दिदै सदस्यले सिकेको सीप व्यवहारमा लागु गरि आय आर्जन तर्फ लाग्न समेत अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपालले अहिले राज्यको निति निर्देशन अनुसार सहकारीहरु संचालन गर्नु पर्ने बताउदै सहकारीहरु नाफामुखि नभई सेवामुखि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष देव राज श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको विकास क्रमसंगै सदस्यहरुको सबै समस्याहरु हल गर्न र संस्थाको आर्थिक क्षमतामा बृद्धि गर्न समय अनुकुल विनीयम, निति, नियमका विधिहरु, सरकारी ऐनसंग नबाझिने गरि नियमन गर्ने निकायको सैद्धान्तिक सहमतीमा समयानुकुल परिमार्ज गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संस्था नवलपरासीका अध्यक्ष डिल्ली राज पाण्ड, नेपाल आदिबासी जनजाति महासंघमा जिल्ला अध्यक्ष देवराज चौधरी, सरावल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरी, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिनराज पन्तले आर्थिक वर्ष ०७५, ०७६ मा १६ करोड १६ लाख ६८ हजार ४ सय १९ बराबरको आर्थिक आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाले ४६ लाख ३ हजार ८ सय ६६ खुद बचत गरेको र ३२ लाख ७८ हजार ७ सय ४० रुपैया शुद्ध नाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा माध्यमिक शिक्षा तथा उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ नागरिक शेयर सदस्य, एकल महिला शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता, असल ऋणी लगाएत संस्थालाई सहयोग गर्नुहुनेलाई दोसला सहित मायाको चिनोले सम्मान गरिएको थियो भने शेयर सदस्यका छोराछोरीले नृत्य संगै सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष लोक प्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य कृष्ण प्रसाद भुसालले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया