एनआएनए निवार्चन सम्पन्न पछी पुर्व अध्यक्ष जिवा लामीछानेले के भने

२ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
6 Shares


हाम्रो संगठनको बिस्तारले गर्विलो इतिहास निर्माण गरेको भए पनि केही अनपक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको हामी सबैले यसपटक महसुस गर्यौं । नेतृत्वको चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गयो ।हामीले नेतृत्व चयनको प्रक्रियालाई सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो । हाम्रो भूमिकाको बारेमा गहन छलफल गर्नु पर्ने सम्मेलन चुनाव केन्द्रित र बिभिन्न किसिमका उचित, अनुचित र असामयिक प्रभावको कैदी हुँदै गएको छ १ यस्तो प्रवृत्ति बढ्दै गएमा हाम्रो सांगठनिक शक्ति उद्देश्यच्युत र पथभ्रष्ट हुने ठूलो खतरा छ । यो अवस्थातिर जानबाट संगठनलाई रोक्ने जिम्मा एउटा कुनै कार्यसमिति वा पदाधिकारीको होइन, गैरआवासीय नेपाली संघसँग जोडिएका हरेक सदस्यको हो भन्ने आत्मसात गरौं । नेपालमा हामीले गर्ने हरेक क्रियाकलापलाई अत्यन्त सुक्ष्म ढंगले हेर्ने गरिन्छ र एयरपोर्टदेखि एयरपोर्टसम्म हामीले गर्ने व्यवहारले सम्पूर्ण समुदायलाई प्रतिनिधित्व गर्छ भन्ने कुरा पनि हरदम सम्झिनु जरुरी छ।

हाम्रो सम्मेलनलाई दशैंमा पारिवारिक भेटघाट र रमाइलो गर्न मातृभूमि फर्केको जमातको जमघट र कुनै एक व्यक्तिको क्रियाकलापलाई सम्पूर्ण समुदायको प्रतिनिधि घटना ठान्ने प्रवृत्ति नेपालमा व्याप्त छ। हामी एकताको संदेश दिन, सहमतिको वातावरण निर्माण गर्न, विकास र समृद्धिको एजेण्डामा गहन विमर्श गर्न र विश्वमा हासिल गरेका उत्कृष्ट अनुभव र संस्कारको नेपालमा प्रदर्शन गर्न चुक्यौं भने ती आरोप झन् घनिभूत हुने र यथार्थ ठहरिनेछन् । यो संगठनको अस्तित्वको सारमा रहेको ‘नेपालीका लागि नेपाली’ भन्ने महान मन्त्रको उच्चारण गर्दै, सम्मेलन अवधिमा भोगेका नकारात्मक अनुभवलाई बिर्सेर आआफ्नो कर्मभुमिमा फर्केपछि एकता र भाइचाराको संदेश छर्न र संगठनमा अझ धेरै नेपालीको सहभागितालाई सुनिश्चित गर्न र नेपालको समृद्धि अभियानमा उत्साहका साथ जोडिन नयाँ कार्य समितिका साथीहरुलाई सफलता मिलोस, शुभकामना

फेसबुकबाट तपाईको प्रतिक्रिया