गुल्मीको अग्लुङ्गमा धार्मिक महायज्ञ हुँदै

प्रकाशित मिति:

रमेश विश्वकर्मा-गुल्मी/ घुफेदी प्रतिमान निमा माध्यामिक बिद्यालय मदाने गाउँपालिका गुल्मीमा धार्मिक महायज्ञ गरीने भएको छ । विद्यालयमा श्रीमद्भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७६ आयोजना गर्न लागिएको हो । यहि कार्तिक २२ गते देखी २८ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।
अग्लुङ्गको परिचय –गुल्मी जिल्लाको पश्चिम भेग प्रशिद्ध मदाने संरक्षित क्षेत्र र प्रशिद्ध पर्यटकीय स्थल गौमुखीको काखमा अग्लुङ्गफेदी उपत्यकाको रुपमा देखिन्छ ।धार्मिक एवं पर्यटकीय महत्व बोकेको झिम्रुक अग्लुङ्गको दोभान कृषि र धार्मिक पर्यटनको प्रचुर संभावना बोकेको छ त्यस क्षेत्रले चौतर्फि हरियाली, शितल हावा हावापानी र भौगोलिक विविधताले अग्लुङ्ग भरिपूर्ण छ ।त्यहाँका दर्शनिय स्थलहरुमा उत्तरमा प्यूठानको प्रशिद्ध तिर्थस्थल गौमुखी, उत्तर पश्चिममा स्र्वद्धारी अग्लुङ्गफेदी कै सिरानमा प्रशिद्ध संरक्षित क्षेत्र मदानेको लेक र अग्लुङ्गफेदी उपत्यकामा शिव र दुर्गा मन्दिरहरु स्थापना गरिएको छ ।चारैतिर बनजङ्गगलले हरितपूर्ण त्यस क्षेत्रमा परापूर्वकालमा लेक भन्दा कही औअल अथजा ‘‘औल’’ भएकाले यही शब्द अपभ्रंस हुँदै औलुङ्ग हुँदै अग्लुङ्ग भन्ने नाम रहन गएको हो । त्यही अग्लुङ्गको फेँद वा जरामा रहेको वस्ती वा उपत्यकालाई ‘‘अग्लुङ्गफेदी ’’ नामाकरण गरिएको ऐतिहासिक किबंदन्ती रहेको पाइन्छ ।

विद्यालयको परिचय –गुल्मीको पश्चिम क्षेत्र अन्र्तगत अत्यन्तै दुर्गम मानिने मदाने गाउँपालिकामा पर्ने अग्लुङ्ग गुल्मी र प्यूठानको संगम स्थल हो । ग्रामिण भेग त्यसमा पनि विकट रहेको वडा नं – १ अग्लुङ्गमा १ बालशिक्षा तथा ६ वटा बिद्यालय रहेका छन् ।त्यस मध्ये रघुफेदी प्रतिमान् निमा माध्यामिक बिद्यालय पनि एक हो । क्षेत्रि, र दलित समुदायको बाहुल्यता रहेको त्यहाँ छिमेकी जिल्ला प्यूठानको गौमुखी गाउँपालिकाका केही वडा बाट पनि त्यस बिद्यालयमा अध्ययनका लागि पुग्ने गर्दछन् ।दुई खोलीको काखमा भिम्रुक नदीको तिरमा सम्मो अण्डाकार फाँटमा वि।सं २०३१ सालमा रघुफेदी प्रतिमान् निमा माध्यामिक बिद्यालयको स्थापना भएको हो ।महायज्ञ किन गरिदैँ छ?अहिले विद्यालयलाई दश जोड दुई कक्षा सञ्चालनका लागि विद्यालय लागी परेको छ । त्यसलाई सफल बनाउनका लागि विद्यालयले यहि कार्तिक २२ गते देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । विद्यालयलाई समयसापेक्ष अघि बढाउन १० जोड दुई सम्मको विद्यालय शिक्षा बनाउने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको छ ।त्यस सँगैँ प्राचिन कला, संस्कृतीको संरक्षण तथा संवद्र्धन गर्न, कुशल, सुयोग्य, नैतिकवान् नागरीक उत्पादन गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउने विद्यालयले उद्देश्य अघि सारेको छ ।

के – के हुँदै छन् महायज्ञमा?११ सय ११ शालिगा्रम दर्शन, संगीतमय श्रीमद्भागवत तथा प्रवचन, तुलादान्, धनधान्यान्चल महायज्ञ, जेष्ठ नागरीक सम्मान्, कलश यात्रा, चौराशी पुजाँ, सामृहिक व्रतवन्ध,ग्रहशान्ति, राष्ट्रिय कलाकार द्धारा संगीतमय भजनर्कितन तथा सामुहिक कन्या पुजन गरीने आयोजकले जानकारी दिएको छ ।बिद्यालयमा सञ्चालन हुने श्रीमद्भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट महायज्ञ २०७६ को प्रमुख कथा वाचक बालव्यास श्री नारायण न्यौपाने ९कृष्णाचरणामृत  रहनुभएको छ ।महायज्ञको व्यवस्थापन कसरी मिलाईएको छ?महायज्ञलाई सफल बनाउन स्थानीय केशव चन्द बोहोरा संयोजक रहेको २ सय ५१ सदस्य मूल आयोजक समितिको गठन गरिएको छ । त्यसमा ५८ वटा उप–समिति गठन गरिएको छ । बिद्यालयको शैक्षिक विकासका लागि सञ्चालन गर्न लागिएको महायज्ञमा स्थानीयको निकै उत्साह थपिएको संयोजक बोहोराले बताए ।त्यस बिद्यालयका अध्यक्ष बालनरसिंह चन्दका अनुसार बिद्यालयमा आर्थिक अवस्था नाजुक रहेको छ । ‘बिद्यालयमा ८ जना भन्दा बढी शिक्षकहरुलाई निजि स्रोतबाट तलब भक्ता खुवाउँदै आएका छौँ ।’ चन्दले महायज्ञबाट बिद्यालयको आर्थिक विकास हुने अपेक्षा सहित बिद्यालय महायज्ञमा लागी परेको बताए ।वडाअध्यक्ष प्रेमचन्द बोहोराले वडाको तर्फबाट बिद्यालयका लागि हुन सक्ने सहयोगप्रति आफू प्रतिवद्ध रहेको बताए । शैक्षिक विकास नै पहिलो प्राथमिकता भएकाले वडाले त्यस तर्फ बिशेष ध्याँन पुर्याएको चन्दले उल्लेख गरे ।महायज्ञका प्रचार–प्रसार संयोजक विजय चन्द बोहोराले आफूहरु महायज्ञलाई भव्य बनाउनेतर्फ लागी परेको बताए । महायज्ञका महासचिव अग्निधर भन्द बोहोराले बिद्यालयमा अहिले ४ जना मात्र सरकारी स्रोतका शिक्षकहरु भए पनि अन्य शिक्षकहरु निजि स्रोतले धाँन्नु पर्ने बाँध्यता रहेको बताए ।