सम्झना र खेमको कपलु कोरेर गितले दर्शक श्रोताको मन जित्दै, जुना र बिनोदको अभिनय उत्कृस्ट

प्रकाशित मिति:

सुदिप गौतम – बुटवल/ चर्चित लोक दोहोरि गायिका सम्झना भण्डारी र र खेम सेन्चुरीको केहि दिन अघि बजारमा आएको गित ” कपलु कोरेर ” गितको यतिबेला सबैतिर चर्चा हुन थालेको छ । बिहे भएको एक वर्ष नहुदै श्रीमतीलाई छोड्नु र बिरामी बा आमालाई छोडेर पर्देशिनी बाध्यतालाई गितमा अत्यान्तै मौलिकतापूर्ण देखाईएको छ । गितले पछिल्लो समयको बास्तबिक अवस्था चित्रण गरेकाले धेरै दर्शक श्रोताले यो गितलाई अत्यान्तै मनपराएका छन । गितको प्रतिक्रिया अत्यान्त राम्रो आईरहेको छ । सामाजिक संजाल टिकटकमा यस गितको धेरै भिडियोहरु बनिसकेका छन ।

हामीले यो समाचार तयार पार्दा सम्म यूटूबको ट्रेनडिंगको ८ नम्बरमा पर्न सफल भएको छ ।खेम सेन्चुरीको लय शब्द रहेको छ भने थेगो स्वर्गीय तिर्थ बहादुर गन्दर्भ को प्रयोग गरिएको जनाईएको छ ।भिडियोमा अभिनय गर्ने बिनोद भण्डारी र जुना गुरुङको अभिनयको तारिफ भैरहेको छ । भिडियोको कथा र निर्देशन बिनोदले नै गरेका हुन् । गितको सफलताको शुभकामना