मार्लोकासँग हार्‍यो रियल मड्रिड

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
7 Shares


एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमो रियल मड्रिड पराजित भएको छ । नवप्रवेशी क्लब मार्लोकासंग रियल १–० गोल अन्तरले पराजित भएको हो ।खेलको सातौं मिनेटमा लाजो जुनियरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।

रियलको यो सिजनको पहिलो हार हो । जितपछि रियलले शीर्ष स्थानको अग्रतालाई गुमाउन पुगेको छ । शनिबारको खेलमा जित निकाल्दै बार्सिलोनाले तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ । जितअघि मार्लोका रेलिगेशन जोनमा रहेको छ । क्लब १० अंक जोड्दै तालिकाको १४ औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया