रियल मड्रिड मालोर्सासँग पराजित, बार्सिलोनालाई फाइदा

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
14 Shares


काठमाडौं- कात्तिक ३ स् स्पेनिस ला लिगा अन्तर्गत स्पेनिस महारथी रियाल म्याड्रिड आरसिडी मालोर्सासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मालोर्साले आफ्नौ मैदानमा रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।मालोर्सालाई जित दिलाउनको लागि जुनियरले एलेक्स गोल गरे । खेलको सातौँ मिनेटमै एलेक्सले गोल गर्दै मालोर्सालाई अग्रता दिलाएका थिए । त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा सोही गोल नै निर्णय गोल बन्यो ।रियल स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना स्पेनिस विना नै मैदानमा उत्रिएको थियो । खेलको ७४औं मिनेटमा रियल १० खेलाडीमा झरेको थियो । अल्भारो ओड्रिओजोला दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।यसको फाइदा सोझौँ बार्सिलोनालाई पुगेको छ । यदि रियलले यो खेल जितेको भए ऊ लिगको शीर्ष स्थानमै उक्लिने थियो । पराजितसँगै रियल बार्सिलोनाभन्दा १ अंकले पछि छ ।९ खेलबाट १९ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको रियल १८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…