बुटवलमा सुजुकि २ पाङ्ग्रे को एक्सचेन्ज अफर

१५ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


वुटवल \ सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भिजि अटोमोबाइल्स प्रालि र बुटवलका लागि आधिकारिक बिक्रेता आर एस अटोमोबाईल्स को संयुक्त आयोजनामा भाद्र १७ गते देखि ५ दिन सम्म एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ। उक्त एक्सचेन्ज को अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर को सर्बोत्कृष्ट मुल्यांकन गर्दिने तथा सरल फाईनान्स गर्न चाहाने उपभोक्ता हरुलाई स्पोर्ट फाईनान्स समेत गराई दिने कम्पनिले जनाएको छ। साथै स्वतह स्फुर्त खरिद गर्ने ग्राहक हरु का लागि बिशेष छुट सहित तेस्रो पक्ष बिमा हेलमेट प्रदान गर्ने आर एस अटोमोबाईल्स का संचालक रेशम खड्का ले जानकारि दिए। बिगतका बर्ष हरुमा भन्दा यश बर्ष बुटवल तथा यश क्षेत्र का डिलर हरुमा बिक्रि दर दोब्बर रुपमा अगाडि बढेको कम्पनि तथा यातायात ब्यबस्था बिभाग को डाटा बाट थाहा हुन आउछ। साथै बुटवल सुजुकि ले यस एक्सचेञ्ज अफर बाट ५ दिनमा ३२ थान मोटरसाईकल तथा स्कुटर बिक्रि गर्ने लक्ष्य राखेको को र शुक्रबार सम्म मा ७ थान ईन्ट्रुडर मोडर्न क्रुजर बाईक एक्सचेञ्ज बुकिङ गरेको बुटवल सुजुकि का सोरुम ईन्चार्ज नवीन खड्को ले जानकारि दिए। हाल सुजुकिका नेपाली बजारमा उपलब्ध मोडल हरु जापानिज प्रबिधि युक्त भएको हुँदा यसको मजबुतिले सुजुकि प्रयोग कर्ता लाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेर को झण्झट गर्नु नपर्ने हुनाले प्रयोग गर्न निकै सहज रहेको र ५ बर्ष सम्म को वारेन्टी भएको हुँदा निर्धक्क संग प्रयोग गर्न सकिने खड्का ले जानकारि दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया