महराको वयान शुरु, म्याद थपको तयारी

प्रकाशित मिति:

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ । आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका कारण महराको वयान हुन सकेको थिएन । आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो ।महाराले यसअघि वायन दिन अस्वीकार गर्दै आएका थिए । महराको वयान नसकिएका कारण उनलाई थप हिरासतमा राख्न अदालतको अनुमति माग गर्ने तयारी गरिएको छ ।

पुन म्याथ थप माग गरिने – अनुसन्धानका लागि समय अपुग भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी सरकारी वकिलले गरेका छन् । पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको छ । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ । यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।