पाहुनाहरु फकर्ने क्रम जारी

प्रकाशित मिति:

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहीबार आउँदै गर्दाको

सबभन्दा पहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान १ बजे फर्किंदै छिन भने थाइल्याण्डका प्रधानमन्त्री प्रचुयत म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ।

श्रील‌ंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुक भने शनिबार बिहान फर्कने छन्।