रोहित शर्माको दोहोरा शतकमा भारत बलियो

प्रकाशित मिति:

एजेन्सी-  रोहित शर्माको दोहोरा शतकको सहयोगले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टको पहिलो इनिंग्समा भारत बलियो स्थितिमा पुगेको छ । शर्माको लगातार यो दोस्रो दोहोरा शतक हो । राँचीमा दोस्रो दिनको खेल तीन विकेटको क्षतिमा २२८ रनबाट अगाडिबाट बढाएको भारतले शर्मा र अजिन्क्यै रहानेको उत्कृष्ट इनिंग्समा उच्च योगफलतर्फ अग्रसर भएको हो । ३९ रनमै तीन विकेट गुमाएर दबाबमा आएको भारतका लागि शर्मा र रहानेले चौथो विकेटका २९० रनको साझेदारी गर्नुभयो ।

रहाने ११५ रन बनाएर पेभेलियन फर्किनुभयो । दोस्रो दिनको खेल जारी रहँदा भारतले पाँच विकेटको क्षतिमा ३९८ रन बनाएको छ । रबिन्दर जडेजा २८ र ऋधिमन शाह १४ रन बनाएर अविजित छन् । दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिनुभयो । एन्रिक नोर्जे र जर्ज लिन्डेले सामान एक एक विकेट लिनुभयो । चार म्याचको टेष्ट च्याम्पियनशीप श्रृखंला अन्तगर्तको पहिलो दुई टेष्ट म्याच भारतले आफ्नो पक्षमा पारेको थियो । पाहुना टोली दक्षिण अफ्रिकालाई पहिलो खेलदेखि नै भारतीय इनिंग्स समेटन हम्मेहम्मे परेको छ ।