विद्युत चोरीमा संलग्न भएको आरोपमा ४३ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं– विद्यतु चोरी गरेको आरोपमा ४३ जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल र नेपाल विद्यतु प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको संयुक्त टोलीले विद्युत चोरीमा संलग्न भएको आरोपमा ४३ जनालाई पक्राउ गरेको हो।

टोलीले बाराको करैयामाङ गाउँपालिकाको हरैया, ठूलो लौटन, सहजैली, मधुवन तेतरिया, सिसुवा, ठोरियाही, बोधबनलगायतका ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुले अवैध रुपमा हुक गरेर विद्यतु चोरी गरेको प्रहरीले जनाएको छ।