नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र एनआरएनए बीच समझदारी

प्रकाशित मिति:

काठमाडौं – नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी भएको छ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको उपस्थीतिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।