अण्डर ट्वान्टी गाउ स्तरिय फुटवल प्रतियोगिता एक कार्यक्रमका बीच समापन गरियो

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


 नलवपरासी-दिब्यज्योती बाल क्लब सरावल २ मनरी पश्चिम नलवपरासीको आयोजनामा सुरु भएको अण्डर ट्वान्टी गाउ स्तरिय फुटवल प्रतियोगिताको एक कार्यक्रमका बीच समापन गरिएको छ । बाल क्लबका अध्यक्ष युवराज चौधरीको अध्यक्षता तथा युवा समाजसेवी सत्य नारायण चौधरीको प्रमुख आतिथ्यता एवं युवा समाजसेवी शुसान्त शर्मा घिमिरेको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी भन्ने नारा तय गरि सरकारले थालेको अभियान मनोराञ्जनको पाटो मात्रै नरहेको बताउदै यस अभियानमा स्थानिय स्तरमा लुकेर रहेका विविध युवाहरुको कला कौशल र प्रतिभालाई बाहिर ल्याई उनिहरुको जिवनमा स्तर माथि उकास्नुका साथै देशले पनि एक होनहार खेलाडी पाउने र देशलाई खेलकुदको क्षेत्रमा पनि अन्तराष्ट्रि पहिचान बनाई खेलकुदको क्षेत्रमा राष्ट्रकै नाम अगाडी बढाउने रहेको बताउनुभयो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै युवा समाजसेवी शुसान्त शर्मा घिमिरेले तपाई हाम्रै समुदायमा रहेका युवाहरुको प्रतिभालाई हामी आफै नदेखेर उनिहरुलाई विभिन्न अवसरबाट बञ्चित गरिरहेको अवस्था रहेको

हुदा राट्रिय अन्र्तराष्ट्रिय खेलाडीहरु जन्मिएर नआएको कुरामाथि जोड दिदै हामी आफ्नै छोरा छोरीहरुको प्रतिभाको पहिचान गर्न सकेउनिहरुलाई नै राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी बनाउन सकिने हुदा सो कुरा ध्यानमा राखि यस प्रतियोगिताको आयोजना गरेकोमा आयोजक क्लबलाई धन्याबाद समेत ब्यक्त गर्नुभएको थियो ।सो अवसरमा अतिथिहरु समाजसेवी रविन्द्र चौधरी, सञ्जय चौधरी, नारद प्रसाद चौधरी, एम बहादुर चौधरी, चक्रमणि चौधरी, टेकबहादुर हरिजन जितेन्द्र जानम लगाएतको उपस्थिती रहेको थियो । करिब २५ वटा फुटवल टिमको सहभागिता रहेको प्रतियोगिताको समापन खेल अन्र्तगत सरावल २ तिलौली र सरावल २ अहिरौली बीच भएको फाइनल खेलमा अहिरौली १, ० गोलको अन्तरले प्रथम भएको छ भने तिलौली द्धितिय हुन सफल भएको छ । त्यस्तै रामग्राम कुनवारे र सरावल ३ पटनी बीच भएको खेलमा पटनी विजयी भई तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई नगद रु १० हजार, ७ हजार र ४ हजार सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो । सो कार्यक्रम य्ुवा समाजसेवी सञ्जय मौर्यको सञ्चालनमा समपन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया