सोमनाथमा बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

३ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
44 Shares


प्रकाश न्यौपाने /सुनवल– सोमनाथ आधारभुत बिद्यालय सुनवल १ सोमनाथका बिद्यार्थिलाई एनएमबि र सोमनाथ विद्यालयद्धारा शैक्षिक सामाग्री वितरण गरेका छन् । सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष बिनप्रसाद बुढाथोकिको प्रमुख आतिथ्यतामा भएका कार्यक्रम बुढाथोकिले बिद्यालय प्रशासन तथा परिवारले शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गर्दै गएकाले आगामि दिनमा पनि यस बिद्यालयको शैक्षिक बिकासका लागि आफु र सम्पुर्ण वडा कार्यालय सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि नगरशिक्षा अधिकृत भट्टराईले बिद्यालयको भौतिक तथा शैक्षिक उपलब्धि प्रगतिन्मुख रहेको र शिक्षक हरुलाई अझ तदारुक भई सेवामा दत्तचित्त भई लाग्न आग्रह गर्नुभयो । बिद्यालयको शैक्षिक सुधारका लागि नगरशिक्षा शाखा प्रतिवद्ध रहेको उहाको भनाई छ ।सोहि कार्यक्रमै बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थिहरुलाई बिद्यालयका तर्फबाट २० र एनएमबि बैँक लिमिटेडका तर्फबाट ९० थान स्कुल व्याग तथा स्टेसनरी सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक जगतप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाले स्थानिय समुदाय वडा र नगरको सहयोग प्राप्त भएमा बिद्यालयले छिट्टै शैक्षिक प्रगतिमा फड्को मार्ने बताउनुभयो ।

कार्यक्रममा एनएमबि बैँक लिमिटेड प्रदेश ५ प्रमुख सुरेन्द्रमान मर्हजनले बैंकका तर्फबाट बिद्यालयलाई स्कुल व्याग तथा स्टेसनरी सामाग्री बितरण गर्दा गर्व महसुस भएको र आगामि दिनमा पनि सहयोगको निरन्तरता रहने धारणा राख्नुभयो ।कार्यक्रममा बिद्यालयका पुर्वअध्यक्ष कृष्ण प्रसाद अर्याल,पुर्व प्रअ यज्ञराज शर्मा, शिक्षासेवि कृष्णराज पौडेल , वडा सदस्य युद्धजंग जिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा एनएमबि बैकका प्रदेश ५ दायित्व प्रबन्धक दिविर बिक्रम शाह तथा सुनवल शाखाका प्रवन्धक भुवन पाण्डे , बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार तथा शिक्षाप्रेमिहरुको उपस्थिति रहेको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीश्वर चापागाईको अध्यक्षता, सहायक प्रअ भुमिका श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक टेक प्रसाद अर्यालले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने