भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

४ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
32 Shares


कपिलवस्तु- भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  सिबिआई टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीले बताए। ‘रमजान चौराहाबा बसका थिए, भारतीय सुरक्षाकर्मी आएर रमजानलाई गाडीमा बसालेर लगे’, पकडीका एक प्रत्यक्षदर्शीले भने।भारतीय सुरक्षाकर्मीले त्यसबेला हतियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के कारणले लगिएको हो भन्ने खुलेको छैन। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया