बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

प्रकाशित मिति:

काठमाडौं – बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’ पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।