कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

प्रकाशित मिति:

 विष्णु घिमिरे / कपिलबस्तु – कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा निशुल्क स्वास्थ्य सिविर ३ सय ५० जनाको उपचार  सिटिजन लाइफ इन्सुरेन्स र न्यु बुटवल फार्माको आयोजना तथा अनौपचारीक सेवाकेन्द्र इन्सेक कपिलवस्तु र बुद्धभुमि नगरपालिका वडान ९ को समन्वयमा बृहद एक दिवसिय निशुल्क स्वास्थ्य सिविरमा सम्पन्न गरेका छन ।  निशुल्क स्वास्थ्य सिविरमा मुटु ,छाती, पेट र, प्रसुति तथा महिला,दाँत गिजा ,हाड जोनी तथा नसर्नी रोग गरि करिव तिन सय ५० जनाले स्वाथ्य परिक्षण गराएका थिए ।सिविरमा इन्सेकले मानवअधिकार उल्लघन ,ज्याजती तथा महिला हिंसाका विषयमा समेत परामर्श तथा गुनासा सुनाई गरेको थियो । यस्तै सिटीजन लाइफ इन्सुरेन्सले पनि जिवन विमाका वारे परामर्श सेवा दिएको थियो ।

स्वास्थ्य शिविरको बुद्धभुमि नगरपालिकाकी उपमेयर तथा प्रमुख अतिथी मिरा थारुले निशुल्क स्वास्थ्य सिविरको आयोजना गरि नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने सिटिजन लाइफ इन्सुरेन्स, न्यु बुटवल फार्मा र इन्सेक कपिलवस्तुलाई धन्यवाद दिदै अन्य समयमा पनि यस्ता कार्य गर्न गर्न आग्रह गर्नु भयो ।  कार्यक्रममा डा प्रदिप जगं केसीले निशुल्क स्वास्थ्य सिविर मार्फत नागरिकको सेवागर्न पाएकोमा आफु हर्सित भएको बताएका थिए । उनले सामाजिक कार्य गर्नाले पुन्य हुने बताए ।

यस्तै सिटजन लाइफ इन्सुरेन्सका चिफ विगनेश अफिसियर शुनिल पोखरेल ,न्यु बुटवल फार्माका गणेश शर्मा ले स्वास्थ्य सिविर मार्फत नागरिकको स्वास्थ्य उपचार सगै जिवन विमा गरि सुरीक्षत रहन आग्रह गरेका थिए । कार्यक्रममा सिटिजन इन्सुरेन्स जितपुर शाखा प्रमुख सम्झना रेग्मीको अध्यक्षता इन्सेकसहजकर्ता नन्दराम पौडेलको संचालन र बुद्धभुमि नपा वडा न ९का वडा अध्यक्ष खुमानन्द न्यौपानेको स्वागतमा सम्पन्न भएको थियो ।