विद्यार्थीले चिट चोरेपछि विद्यालयको यस्तो आइडिया

४ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
43 Shares


नयाँ दिल्ली – भारतको कर्णाटका राज्यमा परीक्षामा सामेल भएका विद्यार्थीलाई कार्डबोर्ड बक्सले टाउको छोप्न लगाएकोमा विद्यालयले माफी माग्नु परेको छ । भगत प्रि युनिभर्सिटी कलेज हाभेरीले गएको बुधबार परीक्षार्थीले चिट नचोरुन् भनेर त्यस्तो व्यवस्था गरेको सो स्कुलको व्यवस्थापन समितिका प्रमुख एमबी सतीसले बताएका थिए । एक जना स्टाफले ती विद्यार्थीको तस्बिर खिचेर फेसबुकमा राखेपछि सो फोटो भाइरल हुनुका साथै सर्वसाधारणले चर्को आलोचना गरेका थिए । टाउको छोप्ने बाकसको अगाडिको भाग खोलिएको भए पनि दायाँ, बायाँ र पछाडिको भाग बन्द थियो ।

त्यसको व्यापक विरोध भएपछि राज्यका शिक्षामन्त्री एस सुरेश कुमारले ट्विट गर्दै विद्यालयको त्यस्तो प्रयोग अस्वीकार्य भएको जनाएका थिए । उनले कसैलाई पनि विद्यार्थीलाई यसरी जनावरको जस्तो व्यवहार गर्ने अधिकार नभएको उल्लेख गरेका छन् । सो विद्यालयले अधिकारीहरुलाई लिखित स्पष्टीकरण बुझाउँदै क्षमायाचना गरेको छ । सतिशले सो प्रयोग ऐच्छिक भएको जनाउँदै ७२ विद्यार्थी मध्ये ५६ जनाले मात्रै सो दिन टाउकोमा बाकस लगाएको जनाएका छन् । उनले अभिभावकको पनि अनुमति लिएर त्यसो गरिएको समेत जनाएका छन् । गएको वर्ष सो विद्यालयमा चिट चोरीको ठूलो समस्या व्यहोर्नुपरेकाले अहिले यस्तो गरेको जनाइएको छ । – (सीएनएन)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’
  • हिमालयको क्वालालम्पुर पुन : सीधा उडान शुरु
  • कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य…
  • जब सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली
  • के भाेलि सार्बजनिक बिदा हाे ? यसाे भन्छ गृह मन्त्रालय