साताको दोस्रो दिनमै नेप्सेमा गिरावट

४ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
12 Shares


काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले सोमबार गिरावट भएको छ । आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये बैकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादन समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन् । यस दिन पनि प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ ।

केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबार हुँदै आएको छ । आज यस बैंकको एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन घोडीघोडा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया