सोनिकाले सबै नेपाली संग मागिन माफि (भिडियो सहित)

प्रकाशित मिति:

सोनिका रोकाया सबै माझ परिचित नाम नै हो । हालसालै समाजिक सञ्जालमा पुर्व यूवराज पारस शाह संगको टिकटक र उसगको भिडियोको कारण समाजिक सञ्जाल तातेको थियो । कतिले पारसलाई गालि गर्दै भनेका थिए “हीमानी जस्ती श्रीमती हुदा हुदै अन्य केटिसंग लाग्ने” भनेर त कतिले सोनिकालाई गालि गरेका थिए “पारसको घर बिगारिन” भनेर । हुन त सोनिका युट्युबमा डबलअर्थि अन्तरबार्ता लिएर फेमस भएकी थिईन् भने उनको हर्कतलाई धेरैले रुचाएका पनि छैनन् । उनलाई यस्ताखाले कुरामा कसैले गालि गर्दा सोनीकालाई प्रोत्साहन गरे बराबर हुन्थ्यो । तर पछिल्लो समय बिबादको भुमरीमा नमज्जैले फसेपछि कार्तिक १ गते आफ्नो युट्युब च्यानल “द सोनीका सो”मा एक भिडियो सार्वजनिक गर्दै उनले अब सुध्रेको बताएकी छन् ।

उक्त भिडियोको अनुसार उनि पहिलो पटक दशैं मनाउन आफ्नो गाउँ गएको बताएकी छन् । हेर्नुस भिडियो . . . . उनले भाबुक हुदै भिडियोमा “अहिले आएर प्रयास्चित गर्दैछु मैले देशको सम्मान ईज्जत पहिचानलाई चिनाउन हैन मेटाउन तर्फ बढेको कदमलाई आज म स्वीकार्छु र धिक्कार्छु” भन्दै “हे नेपाल आमा मैले नबुझेर चालेको हर कदमले कतिलाई भ्रममा पार्यो, मलाई माफ गर्नुहोला ! म अबुझ छोरीको मेरा जन्म दिने बुवाआमा प्रति आज बल्ल लाजले शीर निहुरेको छ ! मलाई माफ गर्नुहोला मेरा बुवाआमा” भनेकी छन् । भिडियामा नेपाल आमा मलाई माफ गर भन्दै उनले अबको दिनमा आफ्नो गाउँको र ठाउँको बारेमा केहि गर्ने सोनिका बताएकि छन् । सोनीकाले सार्वजनिक गरेको भिडियो हेर्दा उनलाई हेर्ने नकारात्मक शैली सकारात्मकमा परिणत हुन्छ । भिडियोमा उनले हरेक नराम्रा कामको बारेमा सवै दर्शक, श्रोता, नेपाल आमा लगायत सबैलाई माफ समेत मागेकी छिन् ।

बिदेशमा भएका युवालाई नेपालमै केहि गर्नुपर्छ भन्दै उनले आफ्नो गाउँमा भएका युवाले गरेको कामलाई पनि भिडियोमा देखाउन खोजेकि छन् । सोनीकाको बास्तबीक नाम पुजा रोकाया हो, सो कुरालाई पनि भिडियोमा बताउदै अब सोनीका पुजा बन्न कोसिष गर्ने भनेकी छन् । उनको जन्म स्थल बजाङ हो । उनको बाल्यकाल बजाङमा नै बित्यो । पछि उनी काठमाण्डै आईन र उनले त्यस्ता डबलअर्थि दिने भिडियो तथा अंतराबार्ताहरु बनाउन थालीन् । तर अब भने सुध्रिने र देश संगै आफ्नो ठाउँको लागि केहि गर्ने बताएकी छिन् । उनको यो कुरा प्रसंशायोग्य छ । तर उनले यो भिडियोमा बोलेका कुराहरु आगामी दिनमा लागु नगरी भिडियोमा मात्रै सिमित रह्यो भने उनि प्रति अझै नकारात्मकता फैलिन्छ भन्नेमा दुई मत छैन ।