मानवअधिकार आयोगको निश्कर्ष : कुमार पौडेल भिडन्तमा होइन, अनावश्यक बल प्रयोगमा मारिए

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रमचन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको ठहर गरेको छ ।

साथै उसले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । ‘दोहोरो भिडन्तमा होइन । अनावश्यक बल प्रयोग गरेर मारिएको हो भन्ने निष्कर्षमा आयोग पुगेको छ’ एक अधिकारीले भने । पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।