आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु

प्रकाशित मिति:

काठमाडौं –सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा सूचिले नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमणको तयारी सुरु गरेको हो । मन्त्री ज्ञवालीले उहाँको भ्रमणको मिति भने खुलाउनु भएन ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पार्नु भयो ।उहाँले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धिरसम्झौंता नगर्ने पनि पटक–पटक दोहोर्याउनु भयो ।